• शनिबार, साउन ९ २०८३

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी


मंगलबार, माघ २८ २०७६
1.3K
Shares

सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो।

विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार साबिकको दरबन्दी अनुसार कामगर्न र सडकको गुणस्तर कायम गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो। विभागले कर्मचारी थपगर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार