गोरखा । बारपाक सुलिकोट गाँउपालिकाले पालिका भित्रका सबै वडाको सामाजिक सुरक्षा भत्ता नविकरण गरेको छ ।

प्रत्येक वडाको टोल टोलमा पुगेर जेष्ठ नागरिक, दलित, एकल महिल, अपांगता भएका व्यक्ति तथा दलित बालबालिकाहरुको सामाजिक सुरक्षा भत्ता नविकरण गरेको हो ।
फिल्डमा कार्यरत एक कर्मचारीका अनुसार भौगोलिक विकटताका कारण वर्षाको समय भएकाले टोल टोलमा पुगरे विवरण संकलन गरिएको जानकारी दिए ।
संकलन गरिएको विवरणमा पालिका भरीका दुई हजार ९९ जेष्ठ नागरिक, दलित एक सय ८९, एकल महिला ८ सय २५, अपांगता भएका २ सय ४६ र दलित बालबालिका २ सय ९६ जनाको भत्ता नविकरण गरिएको छ ।


वडागत विवरण हेर्ने हो भनी वडा नं. १ मा जेष्ठ नागरिक एक सय १२, दलित १५, एकल महिला २५, अपांगता भएका ७, दलित बालबालिका २५, वडा नं. २ मा जेष्ठ नागरिक २ सय ३८, दलित ५, एकल महिला एक सय ७, अपांगता भएका २९, वडा नं. ३ मा जेष्ठ नागरिक २ सय ४०,दलित २०, एकल महिला ६४, अपांगता भएका २२, दलित बालबालिका १५, वडा नं. ४ मा जेष्ठ नागरिक ३ सय ४०, दलित ६०, एकल महिला एक सय ३५, अपांगता भएका ३० तथा ३० दलित बालबालिकाको भत्ता नविकरण गरिएको छ ।
यसै गरी वडा नं. ५ मा जेष्ठ नागरिक एक सय ४५, दलित १५, एकल महिला ४३, अपांगता भएका २३, वडा नं. ६ मा जेष्ठ नागरिक २ सय ३०, दलित ५२, एकल महिल ८०, अपांगता भएका २१, वडा नं. ७ मा जेष्ठ नागरिक एक सय ९०, दलित १०, एकल महिला ३५, अपांगता भएका १५ र वडा नं. ८ मा जेष्ठ नागरिक एक सय २५, दलित १०, एकल महिला ६०, अपांगता भएका २० तथा दलित बालबालिका १० जनाको भत्ता नविकरण गरिएको छ ।

सबै भन्दा धेरै वडा नं. ४ मा ५ सय ९५ जना र सबै भन्दा कम वडा नं. ८ मा २ सय २५ जनाको भत्ता नविकरण गरिएको माथीको विवरणमा उल्लेख छ ।
गाँपालिकाको पञ्जिकारण शाखाका एम.आई.एस राजिन गुरुङले दिएको जानकारी अनुसार सबै वडाको डाटा संकलनको काम भईसकेको तर इन्टर नेटको राम्रो व्यवस्थापन नभएकाले अपडेट गर्ने काम बाँकी रहेको बताए ।
लगभग ७० प्रतिशत काम सकेँको र बाँकी पनि भदौ महिना भरीमा सक्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
