• शनिबार, असोज १० २०८३

गाडीमाथि ढुंगा खस्यो, ४ जना गम्भीर घाइते


मंगलबार, साउन २६ २०७८
825
Shares


तानसेन— बुटवल सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबामा स्कारपियो गाडी दुर्घटना भएको छ।

तिनाउ गाँउपालिकाको हेडबक्समा पाल्पाबाट बुटवल आउँदै गरेको बा१८च ७३३६ नम्बरको गाडीमाथि ठूलो ढुंगो झरेपछि गाडी सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका र उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका ३ का ५४ वर्षीय बाबुराम पाण्डे, २२ वर्षीय विनोद पाण्डे, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गङ्गा दराई घाइते छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार