• शनिबार, असोज १० २०८३

गोरखाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार


मंगलबार, साउन २६ २०७८
605
Shares

गोरखा । उत्तरी गोरखाको चुमनुब्रीबाट एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चुमनुब्री ३ सिर्दिबासकी २५ वर्षीया छिरिङ डोल्मा गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो ।

दुई दिनदेखि प्रसव व्यथा लागेकी गुरुङको नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार