• सोमबार, भाद्र २२ २०८३

गोरखाकी अनितालाई उपचार खर्चका लागी अमेरिकाबाट जुट्यो आर्थिक सहयोग


मंगलबार, साउन २६ २०७८
810
Shares


गोरखा । दुबै मिर्गौला फेल भएर उपचाररत गोरखा बारपाक सुलिकोट गाउँपालिका — ५ की अनिता विकलाई अमेरिकाबाट आर्थिक सहयोग उपलब्ध भएको छ।

अनिताको उपचार गर्नका लागी अमेरिकामा रहेका नेपालीहरुले ८ लाख ८६ हजार ८ सय आठ रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

प्रप्त सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले परिवारका सदस्यलाई हस्तान्तरण गरेका हुन्।

गोरखा घर भई हाल अमेरिकामा बस्दै आएका कृष्ण लामिछाने, अर्जुन देवकोटा, अञ्जान श्रेष्ठ, बिनोद भट्ट, हेमराज भट्ट, खाम भट्ट, विश्व भट्ट र जीवन गुरूङलगायतले अनिताको उपचारका लागी आर्थिक सहयोग संकलन गरी पठाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार