गोरखा । गोरखामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अजिरकोट गाउँपालिकाका ७२ वर्षीय लेखनाथ खनाल रहेको प्रहरीले जनाएको छ ।
शनिवार दिउँसो बालिकाको घरमा कोही नभएको मौका छोपेर मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको खानलमाथि आरोप छ ।
पिडित बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । त्यसपछि पीडित बालिकाकी आमाले प्रहरी समक्ष दिएको जाहेरीको आध।रमा उनलाई हिजो पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

खनालबिरुद्ध सोमबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।