• बिहिबार, साउन १४ २०८३

सोमबार थप ३ हजार ६५१ मा कोरोना संक्रमण, २२ जनाको मृत्‍यु


सोमबार, साउन २५ २०७८
565
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८४ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४ सय ८६ पुगेको छ । तीमध्ये १० हजार १ सय १५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार