• शनिबार, असोज १० २०८३

जीवित भैंसे गोहोरसहित तीनजना पक्राउ


सोमबार, साउन २५ २०७८
2.4K
Shares


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका— ५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका— ३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेका छन् ।

उनीहरुलाई ललितपुर महालक्ष्मी नगरपालिका— १ इमाडोलबाट जीवित भैंसे गोहोरो सहित आइतबार पक्राउ गरेको ब्‍यूरोले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार