गोरखा । गोरखामा मास्क नलगाई हिँड्ने ८२ जना कारवाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाई हिँड्नेलाई प्रतिव्यक्ति एक सय रुपैयाँको दरले जरिवाना गरेको हो ।

जिल्लामा कोरोना संक्रमण दर दिनहुँ दिन बढ्दै गएकोले मास्क नलगाई असुरक्षित तरिकाले स्वास्थ्य मापदण्डको पालना नगरी सार्वजनिक स्थानमा हिँड्नेलाई कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
प्रहरीका अनुसार पैदल यात्रु, व्यवसायी, मजदुर र सवारी चालक एवं यात्रुहरु लगायतलाई कारवाही गरी कोभिड— १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रतिव्यक्ति एक सयको दरले जरिवाना समेत गरिएको हो ।

प्रहरीले गत साउन १९ गतेदेखी सदरमुकाम भित्र मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गर्न सुरु गरिएको हो । साथै गोरखा बजार क्षेत्र बाहेकका मुख्य बजार भएका अन्य स्थानहरुमा समेत मास्क नलगाई हिडडुल गर्नेलाई कारवाही गरिने जनाएको छ ।
प्रहरीले केही समय अघिदेखी जिल्ला भित्रका विभिन्न स्थानमा सन्देश सहितको तपाईको मास्क खोई ? कार्यक्रमहरु सञ्चालन गरी सचेतनामूलक कार्यक्रमहरु, जिङ्गल मार्फत
जानकारी गराउने, माईकिङ्ग गर्ने लगायतका कार्यहरु गर्दै आएका छन् ।
