Modern metal handcuffs. Vector illustration in flat style
बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा. राज शर्मालाई पक्राउ गरेको हो ।
उनी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा काम गर्छन्।
पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषलाई ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए।
५ राति साढे १० बजे मादक पदार्थ सेवन गरी बिरामी कक्षमा पुगेका शर्माले यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिए ।