• शनिबार, असोज १० २०८३

बस दुर्घटना हुँदा ७ जना घाइते, एकको अवस्था गम्भीर


सोमबार, साउन २५ २०७८
825
Shares


सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटनाभएको हो ।

दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीया अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य ६ जना भने सामान्य घाइते भएका छन् ।

बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार