• शनिबार, असोज १० २०८३

रणवीरको जति नै पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट निकालियो


सोमबार, साउन २५ २०७८
605
Shares


एजेन्सी । बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।

केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा पति रणवीर सिंहको जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन् ।

रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो ।

उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।

फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताए अनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् । उनले गरेको उक्त माग पूरा नभएपछि उनी बाहिरिएकी हुन् ।

सुत्रका अनुसार दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा अन्योल नै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार