• शनिबार, असोज १० २०८३

आज पनि सुनको मूल्य तोलामा एक हजारले घट्यो


सोमबार, साउन २५ २०७८
585
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनकोे मूल्य तोलामा एक हजारले घटेको छ ।

आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, चाँदीको मूल्य समेत आइतबारको तुलनामा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार