• शनिबार, असोज १० २०८३

परम्परागत उधाेग संरक्षण गर्दै गोरखा नगरपालिका, २२ जनालाई आरन सहयाेग


सोमबार, साउन २५ २०७८
935
Shares

गोरखा । परम्परागत उधाेगकाे जगेर्ना र संरक्षण गर्न भन्दै गोरखा नगरपालिकाले २२ जनालाई आरन सहयाेग गरेकाे छ । आर्थिक बर्ष २०७७/७८ मा बिनियाेजित ३ लाख रकमबाट नगरक्षेत्रका २२ जनालाई कार्यालयले आधुनिक आरन वितरण गरेकाे हाे ।

नगरक्षेत्रका बिभिन्न स्थानमा सञ्चालनमा रहेका आरनहरुकाे आधुनिकिकरणसंगै संरक्षण गर्न र पुस्ता हस्तान्तरणका लागि याे कार्यक्रम सञ्चालन गरिएकाे नगरप्रमुख राजनराज पन्तले बताए । ‘परापूर्व कालदेखि परम्परागत उधाेगका रुपमा सञ्चालन हुदै आएकाे आरन अब लाेप हुने अवस्थामा पुग्दैछन’ आइतबार वडा नम्बर ११ का ५ जनालाई आरन वितरण गर्दै नगरप्रमुख पन्तले भने ‘याे नभई नहुने उधाेग हाे तर यसलाई परिस्कृत गरेर प्रबिधिमैत्री बनाउन जरुरी छ’

त्यस्तै उनले नयाँ पुस्तामा समेत यो सिप, ज्ञानलाई हस्तान्तरण गर्न जरुरी रहेकाे बताएका छन् । युगअनुसार आरनलाई समेत प्रबिधि र आधुनिकिकरणकाे जरुरी रहेकाे भन्दै पन्तले आवस्यकता अनुसार नगरपालिकाले समेत सहयाेग गर्दै जाने प्रतिवद्धता जनाए ।

नगरपालिकाले आरन संरक्षणका लागि भन्दै केहि समय अघि सार्वजनिक सूचना प्रकाशित गरी निवेदन माग गरेकाे थियाे । नगरक्षेत्रका ४४ जनाले निवेदन पेश गरेपनि स्थलगत अध्ययन र निरक्षण गर्दा २२ जना छनाैटमा परेकाे सामाजिक शाखाकी शाेभा दवाडीले बताइन । निवेदनका आधारमा शाखाले घरघरमा पुगेर आरन सञ्चालनकाे अवस्थाका बारेमा अध्ययन गरेकाे र उनिहरुकाे माग आवस्यकता अनुसारका सामग्री सहयाेग गरिएकाे दवाडीकाे भनाई छ ।

सहयाेग गरिएकाे सामग्रीमा लि, वल्डिङ्ग मेसिन, घन, पङ्खा, हम्मर, कटिङ्ग मेसिन, कर्कट पाता लगायतका सामाग्री रहेकाे नगरपालिकाका सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिए । आइतबार वडा नम्बर १० का वडाध्यक्ष देवि बस्नेत, ११ का वडाध्यक्ष रामबहादुर खड्काकाे राेहवरमा त्यस वडामा आरनका सामग्री वितरण गरिएकाे हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार