• शनिबार, असोज १० २०८३

गोरखामा एक बालिका आफ्नै बाबु र काकाबाट बारम्बार बलात्कृत


आइतबार, साउन २४ २०७८
580
Shares


गोरखा । गोरखामा एक बालिकालाई बारम्बार बलात्कार गरेको अभियोगमा आफ्नै बाबु र काका पक्राउ परेका छन् ।

प्रहरीले पालुङ्टार नगरपालिका वडा नं. ८ का ३७ वर्षीय बुबालाई घरैबाट र काकालाई तनहुँबाट पक्राउ गरेको हो ।

पीडित बालिकाकी फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

उनीहरु माथी ११ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।

पटक पटक बलात्कारको शिकार बनेपछि बैशाखदेखी पाठेघरको बिरामी बनेकी बालिकाले गत असार २७ गते प्रसूती गृह थापाथली अस्पतालमा उपचारको क्रममा घटना बारे फुपूसमक्ष बताएकी थिइन् ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबर्जस्ती करणी गर्दै आएकोमा साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको पीडित बालिकाकी फुपूले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

उनीहरुविरुद्ध आइतबार जबर्जस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार