• बिहिबार, साउन १४ २०८३

गोरखामा आइतबार थप ६५ जनामा कोरोना संक्रमण


आइतबार, साउन २४ २०७८
640
Shares

गोरखा । गोरखामा आइतबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर विधीबाट ३९ र एन्टिजेन विधीबाट २६ जना गरी जिल्लामा आज ६५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

आज थपिएको संक्रमितसहित गोरखामा सक्रिय संक्रमितको संख्या सात सय ८८ पुगेको छ ।

संक्रमित मध्ये गोरखा कोभिड अस्पतालमा १७ जना र सात जना आइशोलेसनमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार