गोरखा । गोरखा नगरपालिकाले भाेली २५ गतेदेखि कार्यालयकाे सेवा बन्द गर्ने जनाएकाे छ । आइतबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाले भाेली साउन २५ गतेदेखि अर्काे सूचना प्रकाशित नभएसम्म सेवा बन्द गर्ने जनाएकाे हाे ।
कार्यालयमा कार्यरत अधिकांश कर्मचारीलाई काेराेना भाइरसकाे संक्रमण देखिएपछि सेवा बन्द गर्नु परेकाे प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।
याेजना, प्रशासन तथा प्राविधिक शाखाका अधिकांश कर्मचारीमा काेराेना भाइरस देखिएकाे र यस्ताे अवस्थामा समेत सेवालाई निरन्तरता दिँदा थप जाेखिम बढ्न सक्ने भन्दै नगरपालिकाले अर्काे सूचना प्रकाशित नभएसम्म अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेकाे जनाएकाे छ ।
त्यस्तै कार्यालयकाे नियमित सेवा बाहेक १४ वडा र स्वास्थ्य शाखासंगै स्वास्थ्य चाैकीहरुकाे सेवा भने बन्द नरहने नगरपालिकाकाे सूचनामा उल्लेख छ ।
हाल नगरपालिकामा कार्यरत ५ जना संक्रमित भइ आइसाेलेसनमा रहेकाे र थप ६ जनालाई समेत संक्रमणकाे लक्षण देखिइ परिक्षणकाे क्रममा रहेकाे पन्तले बताए ।
यसअघि समेत नगरपालिकाकाे लेखा, स्टाेर लगायतका कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत पन्तलाई काेराेना भाइरसकाे संक्रमण देखिइसकेकाे छ ।
हेर्नुस सूचना
