• शनिबार, असोज १० २०८३

सुमो दुर्घटना हुदाँ चालकको मृत्यु, ४ जना घाइते


आइतबार, साउन २४ २०७८
615
Shares


काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनककुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् ।

घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार