http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
नेपाली बजारमा आइतबार सुन मूल्य ह्वातै घटेको छ । आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भई रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत घटेर ८९ हजार ५ सय ५० रुपैयाँमा झरेको छ ।
यस्तै चाँदी पनि गत शुक्रबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।