• बिहिबार, साउन १४ २०८३

सोमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप दिइँदै, प्राथमिकतामा को—को ?


आइतबार, साउन २४ २०७८
595
Shares

सरकारले पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि अस्ट्राजेनिका खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको हो।

साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जनाएका छन्।

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने तयारी छ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।

भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार