• शनिबार, असोज १० २०८३

अब कक्षा १२ को परीक्षा गर्दा १५ दिनअगाडि नै सूचना दिइने


आइतबार, साउन २४ २०७८
775
Shares

National Examinations Board (NEB) Nepal. Photo: NEB

काठमाडौं । कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ।

अब कहिले परीक्षा हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार