गोरखा । गोरखामा शनिबार एकैदिन एक सय ९ संक्रमित थपिएको छ ।
प्रदेश जनस्वास्थ्य निर्देशनलय पोखराले दिएको जानकारी अनुसार आज जिल्लामा थप एक सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार गोरखासहित गण्डकी प्रदेशमा ५ सय ७३ जना संक्रमित थपिएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।