गोरखा । गोरखामा आज (शनिबार) नदी किनारमा दुई बेवारिसे शव फेला परेको छ । दरौँदी र मस्र्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो ।
दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा बारपाक सुलीकोट गाउँपालिका ५ लाँकुरीबोट बस्ने यमप्रसाद भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोेरखाले जनाएको छ ।
भट्टको शव नदीको मध्यबगरमा फेला परेको डिएसपी प्रकाश दहालले जानकारी दिए ।
माछा मार्न गएको एक युवाले नदी बिचमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयलाई खबर गरेको थियो । खबर पाए लगत्तै स्थानीयले जौबारी प्रहरी चौकीलाई जानाकारी गराएका थिए ।
त्यस्तै मस्र्याङ्दी नदीको गोरखा नगरपालिका १४ याङ्कोट खण्डमा एक महिलाको सडेगलेको अबस्थामा बेवारिसे शव भेटिएको छ । शवको पहिचान भने भई सकेको छैन । दुवै शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याएको डिएसपी दहालले बताए ।