काठमाडौं । शनिबार थप ३ हजार २ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २ सय ३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९ सय ८७ मा संक्रमण देखिएको छ।
कुल १३ हजार ५ सय ७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।