• शनिबार, असोज १० २०८३

एसइईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित


शनिबार, साउन २३ २०७८
695
Shares

National Examinations Board (NEB) Nepal. Photo: NEB

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।

बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेल बताए।

यसपालि पाँच लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए। एनसेलमा १६०० र नेपाल टेलिकममा १६०० मा एसएमएस गरेर पनि हेर्न सकिन्छ।

बोर्डको अफिसियल वेबसाइट, नेपाल टेलिकम, द कन्सेप्ट प्लस, एडुसञ्जाल, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट पनि हेर्न सकिन्छ।

कोभिड—१९ को महामारीका कारण परीक्षा नभए पनि विद्यालयहरूले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको पौडेलले बताए।

यसैबीच, कक्षा १२ को परीक्षा स्थगित भएको छ। साउन ३१ गतेदेखि सुरू हुने भनिएको परीक्षा स्थगित गरिएको हो।

कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा परीक्षा स्थगन गरिएको पौडेलले बताए। १२ मा ३ लाख ७२ हजार विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार