• शनिबार, असोज १० २०८३

गोरखामा पहिचान नखुलेका २ जनाको शव फेला


शनिबार, साउन २३ २०७८
625
Shares


गोरखा । गोरखामा पहिचान खुल्न नसकेका दुई जनाको शव फेला परेको छ ।

जिल्लाको दरौंदी र मस्र्याङदी नदीको किनारमा एक महिलासहित दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अन्दाजी ३४ /३५ वर्षीया महिलाको शव मस्र्याङदी नदीको किनारमा सडे गलेको अवस्थामा भेटिएको तर पहिचान भने हुन नसकेको डिएसपी प्रकाश दहालले जानकारी दिए ।

यस्तै दरौंदी नदीको किनारको अर्कुल बजार नजिकै अर्को एक पुरुषको शव फेला परेको छ । दुवै शवको पहिचान हुने प्रयास भई रहेको डिएसपी दहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार