• बिहिबार, साउन १४ २०८३

देशभर थपियो १ हजार ४ सय ३३ खोप केन्द्र


शनिबार, साउन २३ २०७८
560
Shares


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।

उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४ सय ३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९ सय८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४ सय २२ पुर्‍याइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १ सय ४९ पुर्‍यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो ।

अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार