गोरखा । गोरखामा आज थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआर र एन्टिजेन विधीबाट २ सय २४ जनाको परिक्षण गरिएको मध्ये ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये गोरखा नगरपालिकामा ३५, चुमनुब्रीमा १५, भिमसेन थापामा १०, सिरानचोकमा ५ जना रहेका छन् ।
यसै गरी आरुघाट र आजिकोटका ११ जनामा पनि आजै संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितसहितै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।