• शनिबार, असोज १० २०८३

गोरखामा बाँदर धपाउन गएका एक पुरुष मृत भेटिए


शुक्रबार, साउन २२ २०७८
590
Shares


गोरखा । गोरखामा मकैबारीको बाँदर धपाउन गएका एक पुरुष मृत भेटिएको छ ।

धार्चे गाँउपालिका —२ लामावेशीका ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ बजे केरौँजाको थाप्चेखोलामा मृत अबस्थामा भेटिएको हो ।

गुरुङ बिहिबार बिहान आठबजे बारीमा बाँदर धपाउन भनेर गएका थिए ।

साँझसम्म नफर्केपछि परिवारजनले खोजीका लागि प्रहरीचौकी माछाखोलामा खबर गरेका थिए ।

खबर पाए लगत्तै खोजतलासको क्रममा भिरबाट करिब १५० मिटर तलखोलामा मृत अबस्थामा भेटिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार