पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ३० जना र ६ हजार १ सय ८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६ लाख ६५ हजार ५ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ जना रहेका छन् ।
जसमध्ये ३१ हजार ४ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ३२ जना आईसीयू र १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।