• शनिबार, असोज १० २०८३

नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने


शुक्रबार, साउन २२ २०७८
670
Shares


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यसबारे जानकारी दिएको हो ।

एन्फाका अनुसार नेपालले दशरथ रंगशालामा भारतविरुद्ध भदौ १७ र २० मा खेल्न लागेको हो । साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले यी दुई खेल खेल्न लागेको हो ।

नेपालले बंगलादेश, किर्गिस्ताान र प्यालेस्टाइनसँग पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना रहेको छ । तर यसबारे अन्तिम निर्णय हुन भने बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार