• बिहिबार, साउन १४ २०८३

‘कोभिसिल्ड’ को दोस्रो डोज लगाउन नपाएकालाई साउन २५ देखि खोप दिइने


शुक्रबार, साउन २२ २०७८
515
Shares


काठमाडौं । सरकारले ‘कोभिसिल्ड’ खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई साउन २५ गतेदेखि खोप दिइने भएको छ।

खोप शाखाका प्रमुख डा. झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाले ती मानिसहरूलाई साउन २५ गतेदेखि दोस्रो डोज दिन सुरू गरिने जनाए।

शुक्रबार भुटानले २ लाख ३० हजार ‘एस्ट्राजेनेका’को खोप नेपाललाई दिएसँगै दोस्रो डोजको पर्खाइमा रहेकाहरूलाई खोप दिन लागिएको हो।

साथै भोलि र पर्सि गरेर जापानबाट थप ८ लाख खोप आइपुग्ने भन्दै डा. गौतमले ती सबै खोप दोस्रो डोज लगाउन बाँकी रहेकाहरूलाई दिइने बताए।

उनले भुटानबाट आएको खोप आजै काठमाडौं आसपासका जिल्लाहरूमा पठाउन सुरू गरिएको पनि जनाए।

अब जापानबाट थप खोप आएपछि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाहेकका प्रदेशमा साउन २५ गतेदेखि खोप दिन सुरू गरिने गरी तयारी भएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार