• शनिबार, असोज १० २०८३

शान्ति श्रीले ल्याइन् ‘यो तीजमा फिलिली नाचम्ला’ (भिडियो)


शुक्रबार, साउन २२ २०७८
575
Shares


काठमाडौं । गायिका शान्ति श्री परियारले ‘यो तीजमा फिलिली नाचम्ला’ बोलको तीज गीत सार्वजनिक गरेकी छन्।

डीपी दाहाल ‘परिश्रमी’ को शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर यो गीत सार्वजनिक भएको हो।

मारूनी डिजिटलमा रेकर्डिङ भएको गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका हुन्।

डिलाइटेड नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार अञ्जली अधिकारी, रमा थपलिया र नयन डिसीलाई फिचरिङ गराइएको छ। म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी हुन्।

राम शरण उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोको सम्पादन प्रकाश धमलाले गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार