• बिहिबार, साउन १४ २०८३

भुटानले दिएको तीन लाख डोज एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो


शुक्रबार, साउन २२ २०७८
685
Shares

काठमाडौं । भुटानले दिएको तीन लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ।

भुटानबाट उक्त परिमाणको खोप बोकेर आएको ड्रुक एयरको जहाज बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

भुटानले दिएको उक्त एस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकलाई दिइनेछ। भारतीय खोप कोभिसिल्डको पहिलो डोज लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिएकाहरु ४ महिनादेखि दोस्रो डोज लाउनबाट बञ्चित भएका छन्।

भुटानले दिएको खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरुलाई दिइनेछ। उता जापानदेखि पनि एस्ट्राजेनेकाको करिब १६ लाख डोज खोप शनिबार आइ पुग्दैछ।

भुटानले सबै नागरिकलाई खोप लगाइसकेको छ। त्यसक्रममा बाँकी रहेकामध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई उपहार दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार