• शनिबार, असोज १० २०८३

चार किलो गाँजासहित एक युवक पक्राउ


शुक्रबार, साउन २२ २०७८
765
Shares


काठमाडौं । प्रहरीले चार किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङ गजुर गाउँपालिका— ४ का २० वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो।

बा४ख ४४४७ नम्बरको यात्रुबाहक बसमा सवार लामाले सिटमुनि राखेको जेब्रा झोलाबाट गाँजा बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले नागढुंगा चेक प्वाइन्टमा बसलाई रोकेर तलासी लिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार