• शनिबार, असोज १० २०८३

धार्चे र चुमनुब्रीका पहिरो पीडितलाई राहत वितरण


शुक्रबार, साउन २२ २०७८
920
Shares


गोरखा । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाँउपालिकाका पहिरो पीडितलाई राहत वितरण गरिएको छ ।

अमेरीकामा रहेका घ्याल्सुम्दो सेवा संस्थाका भूत पूर्व अध्यक्ष छिरिङ राप्के लामाको पहलमा सहयोग दाताहरुको समन्वयमा राहत वितरण गरिएको हो ।

पहिरोले घर पूर्ण रुपमा क्षती भई हाल त्रिपालमा बस्दै आएका धार्चेका १४ र चुमनुब्रीका ६ घर धुरीलाई सामग्री वितरण गरिएको राहत वितरण कार्यक्रमका आयोजक एलिजा गुरुङले जानकारी दिइन् ।

उक्त कार्यक्रमबाट धार्चे—३ उहियाका ५, वडा नं. ५ गुम्दाका ७ र वडा नं. ७ लापुका २ घरधुरी सहित चुमनुब्री —३ सल्लेरीका ६ परिवार समेत लाभान्वित बनेका छन् । सल्लेरीका २६ घरधुरी अझै पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

ती मध्ये अति नै समस्या भएका २/२ घरधुरीलाई चामलसहित किचन सेट पनि वितरण गरिएको छ ।

पहिरोले पानीको मुहानमा समस्या आएपछि धार्चे —१ हुल्चुकका बासिन्दालाई एक क्वयल पाइप समेत उपलब्ध गराएको गुरुङले बताइन् ।

No description available.

उक्त सामग्री धार्चेमा गत १९ गते गाँउपालिका अध्यक्ष सन्तोष गुरुङले र चुमनुब्रीमा २० गते वडाध्यक्ष राम कुमार गुरुङले वितरण गरेका हुन् ।

फोटो सैजन्य: एलिजा गुरुङ

No description available.
No description available.
No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार