• बिहिबार, साउन १४ २०८३

गोरखामा आजदेखी भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु


शुक्रबार, साउन २२ २०७८
740
Shares


गोरखा । गोरखामा आजदेखी कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई गोरखासिहत देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो ।

जिल्लामा असार २० गतेदेखी साउन २ गते सम्म पहिलो मात्रा लगाएकाहरुलई आज (बिहीबार) देखी दोस्रो मात्रा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखामा २० हजार १ सय ९१ जनाले भेरोसेल खोपको पहिलो मात्र लगाएका थिए । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार