गोरखा । गोरखामा आज (बिहीबार) एकै दिन एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज गोरखा अस्पतालमा १६ जना, पालुङटार नगरपालिकामा २९ जना, आरुघाट गाँउपालिकामा ५४, आजिरकोटमा ११, चुमनुब्रीमा ५ गरी एक सय १५ संक्रमित थपिएको हो ।
संक्रमित मध्ये ७७ जनाको पिसिआरबाट र एन्टिजेनबाट ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।