गोरखा । गत साउन १ गतेदेखी बेपत्ता गोरखाका एक पुरुषको शव फेला परेको छ ।
आरुघाट गाउँपालिका ३ सोतीका ४५ वर्षीय भु बहादुर थापाको शव बूढीगण्डकी नदी किनारमा भेटिएको हो ।
त्रिपुरासुन्दरी गाँउपालिका—२ पड्केघारीमा रहेको बूढीगण्डकी नदीको किनारमा आज दिउँसो करिब ३ बजे तिर शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
शव आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ ।