• शनिबार, असोज १० २०८३

खोलाले बगाएर गोरखामा एक पुरुष ३ दिनदेखि बेपत्ता


बिहिबार, साउन २१ २०७८
840
Shares


गोरखा । गोरखाको आरुघाट गाउँपालिकाका–१ स्थित डुडुरे खोलाले बगाएर एक पुरुष तीन दिनदेखि बेपत्ता भएको छ ।

मंगलबार गोरु किनेर घर र्फकदै गर्दा खोला तर्ने क्रममा बगाएर स्याम्चेतका ४० वर्षीय सानुकमल गुरुङ वेपत्ता भएका हुन् ।

सोही गाउँपालिकाको वडा नं. २ का गोरु बेच्ने नरबहादुर गुरुङसंगै डुडुरो खोलाबाट गोरुलाई अगाडी लगाएर तर्ने क्रममा बगाएर बेपत्ता भएको वडाध्यक्ष शेरबहादुर घलेले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै स्थानीयबासी र प्रहरीले बेपत्ता गुरुङको खोजी कार्य जारी राखेको छ ।

बेपत्ता गुरुङको खोजीका लागि प्रहरी परिचालन गरे पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार