काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि हृदयेन्द्र शाह अमेरिका जाने भएका छन ।
रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका हुन ।
निर्मल निवास स्रोतका अनुसार अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने बताएको छ ।
हृदयेन्द्रले सुरुमा काठमाडौंको रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् । सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् ।