• शनिबार, असोज १० २०८३

सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते


बिहिबार, साउन २१ २०७८
885
Shares


गोरखा । सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते भएका छन् ।

आज दिउँसो पृथ्वी राजमार्ग अन्तरर्गत तनहुँको म्याग्दे गाँउपालिका—४ मनहरीमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल र विपरीत दिशा तिरबाट आउँदै गरेको ट्याक्टरले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक गोरखा नगरपालिका —११ घर भएका ३८ वर्षका दाम बहादुर थापा र पछाडी सवार उनकी आमा ६० वर्षीया तिलक कुमारी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्र बहादुर हमालले जानकारी दिए ।

हमालका अनुसार घाइते दुवैलाई उपचारका लागी पोखरा पठाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार