भूमि आयोग खारेजीविरुद्ध नेपाल सुकुम्बासी संगठनले आन्दोलन घोषणा गरेको छ ।
पाँच दलीय गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा एमाले सांसद शान्ता चौधरी नेतृत्वको नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलन थाल्ने भएको हो।
अध्यक्ष चौधरीले बिहीबार विज्ञप्ति निकालेर शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरिदिएर लाखौँ भूमिहीनको जग्गा पाउने मौलिक अधिकार खोसेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेकी छन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत भूमिहीन सुकुम्बासी संगठनको तर्फबाट सरकारलाई विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तीमा आयोग खारेजीबारे जानकारी, जागरण अभियान चलाउने र यही साउन २४ गते देशभर विरोधसभा गर्ने घोषणा गरेकी छन्।