एटीएम मेसिन फुटाउँदै गर्दा काठमाडौंको बौद्धबाट प्रहरीले १ जना पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
रातिको साढे १ बजेको समयमा एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईंलाई बुधबार राति प्रहरीले पक्राउ गरेको बताएको छ ।