काठमाडौं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले सात कम्पनीलाई कालोसूचीमा राखेको छ।
खरिद कार्यालयको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
कारागार व्यवस्था विभागको सिफारिसका आधारमा एके एण्ड गान्बा कन्स्ट्रक्सनलाई भने दुई वर्षका लागि कालोसूचीमा राखेको छ।
यस्तै कालीगङ्गा निर्माण सेवा कुश्मा, कण्टा निर्माण सेवा, कन्स्ट्रक्सन सेवा कैलालीलाई १/१ वर्षका लागि कालोसुचिमा राखिएको छ । अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, आविद निर्माण सेवा र विक्रम खाद्य स्टोर साँगालाई पनि १/१वर्षका लागि कालोसूचीमा राखिएको हो।