• सोमबार, भाद्र २२ २०८३

जापानले अनुदानमा दिएको अष्ट्राजेनेका खोप शनिबार नेपाल आइपुग्ने


बुधबार, साउन २० २०७८
505
Shares

काठमाडौं । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप नेपाल आइपुग्ने भएको छ।

काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो।

जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमशस् शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो। बाँकी आठ लाखपछि आइपुग्ने राजदूतावासले जनाएको छ।

राजदूत किकुता युताकाले अनुदानमा दिइएको खोपको सही उपयोग हुनेमा आशावादी भएको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार