गोरखा । गोरखा नगरपालिकाले २५ बिधार्थीलाई नगरप्रमुख छात्रबृत्ती प्रदान गरेकाे छ भने १५ जना शिक्षकलाई प्राेत्साहन रकमबाट सम्मान गरेकाे छ । नगरक्षेत्रमा सञ्चालित बिभिन्न बिधालयका २५ जना गरिब, जेहेन्दार बिधार्थीलाई छात्रबृत्ती र लघु अनुसन्धानमा सहभागी शिक्षकलाई प्राेत्साहन रकम वितरण गरिएकाे हाे ।
बुधबार नगरपालिकाकाे कार्यालयमा आयाेजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले २५ जना बिधार्थी र १५ जना शिक्षकलाई जनही १० हजार रुपैयाका दरले छात्रबृत्ती र प्राेत्साहन रकम वितरण गरेका हुन ।

कार्यक्रमअन्तर्गत आधारभूत तह कक्षा सञ्चालन भएका सामुदायिक विद्यालयहरुका एक-एक जना गरी २१ जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् । त्यस्तै मानवसेवा आश्रममा बसी पठनपाठन गर्ने एकजना, मुस्लिम समुदायबाट एकजना, गोरक्ष वैदिक गुरुकुलबाट एकजना र बालमन्दिर अनाथलयमा बस्ने मध्ये एकजना गरी जम्मा २५ जना विद्यार्थीहरुलाई नगरप्रमुख छात्रवृत्ति वितरण गरिएको शिक्षा शाखाका विश्वनाथ वाग्लेले जानकारी दिए ।
त्यस्तै लघु अनुसन्धान गर्ने १५ जना शिक्षकहरुलाई समेत १० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ । नगरप्रमुख पन्तले बुधबार १५ जना लघु अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण गरेका हुन् ।
सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुका लागि लघु अनुसन्धान गरेबापत प्रोत्साहन रकम १५ जना मावि, निमावि र प्रावि तहका शिक्षकहरुलाई प्रदान गरेको छ ।
हेर्नुस काे कसले पाए छात्रबृत्ती र प्राेत्साहन रकम
