• बिहिबार, साउन १४ २०८३

एकैदिन थपिए ४ हजार १ सय ७ कोरोना संक्रमित, ३५ जनाको मृत्यु


बुधबार, साउन २० २०७८
810
Shares

काठमाडौं । बुधबार थप ४ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५४ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९ सय ४४ मा परीक्षण गर्दा १ हजार १ सय ३२ मा संक्रमण देखिएको छ।

कुल १६ हजार २ सय ९८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार