गोरखा । पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६ स्थित डुयु खोलामाथी रहेको झोलुङ्गे
पुल चुँडिएको छ ।

गए राती माथीबाट खसेको पहिरोले चुमनुब्री— ६ चुम्चेत र ७ जाने पुल भत्काएको हो ।
पुल नभएपछि सदरमुकामसहित अन्यत्र आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।
पैदल हिड्नेलाई मात्रै नभई खाद्यान्न बोकेर गएका खच्चडहरु लाई पनि हिँड्नमा समस्या भएको छ ।

खच्चड र मानिस आवतजावत गर्नका लागी स्थानीयहरु मिलेर बैकल्पिक बाटो खोल्ने तयारी गरिरहेको वडाध्यक्ष लोप्साङ लामाले बताए ।
फोटो सौजन्य : सरोज लामा