• शनिबार, असोज १० २०८३

द्रब्यशाह रेडियो युवा स्रोता समुहले वडा कार्यालयलाई बुझायो ध्यानाकर्षण पत्र


बुधबार, साउन २० २०७८
715
Shares


गोरखा । गोरखा नगरपालिका वडा नं ५ स्थित द्रब्यशाह रेडियो युवा स्रोता समुहले वडाकार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

गतआर्थिक वर्ष ०७७/७८ मा वडामा संचालित योजना तथा कार्यक्रम र आगामी आर्थिक बर्ष ०७८/७९ मा संचालन हुने योजना, कार्यक्रमतथा बजेट सार्वजनिक गर्नका लागी माग गर्दै स्रोता समुहले ध्यानाकर्षणपत्र बुझाएको हो ।

विगतका बर्षमा वडाभित्र संचालित योजना तथा आगामी वर्षहरुमा सञ्चालनको तयारीमा रहेको योजना र बिनियोजित बजेटका बारे समुदायलाई जानकारी गराउनु वडा कार्यालयको दायित्व र जिम्मेवारी भएपनि हालसम्म त्यस्ता कुनैपनि कार्यक्रम आयोजना नगरिएकोले ध्यानाकर्षणपत्र बुझाएको स्रोता समुहका अध्यक्ष घनश्याम थापा मगरले बताए ।

अध्यक्षथापा मगरसहित भाइकाजी आले, इशा शाह, रिता नेपाली र पुष्पा सिर्मल लगायतको समुहले आज वडा कार्यालय पुगेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार